लिटिल मिस हेरिटेजमा ११ प्रतियोगी छनौट

काठमाडौं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को लागि ११ प्रतियोगी छानिएका छन् । शनिबार मण्डला ब्याङ्क्वेट तीनकुनेस्थित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिन सफल भएका हुन् ।

जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अडिसनमा दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अर्काे चरणको अडिसन अगामी बिहिबार हुँदैछ ।

दुबै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतियोगिताको तयारी कक्षामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा इप्लानेट नेपालको पनि सहकार्य रहेको छ ।

मिस नेपाल एशिया फष्टरनरअप प्रतीक्षा बिष्ट, लिड गिटारिष्ट बिजार सिंह थापा, बिमास बाबु श्रेष्ठ, लिटिल मिस हेरिटेज २०१८ का बिजेता प्रशांसा रायमाझी, शारिका प्रजापती, निजान क्षेष्ठ, जेनिशा तामाङ, म्रिनाल श्रेष्ठ, सुवासिनी काफ्ले, जेनिथ ईन्टरटेनमेन्ट सिइओ विक्रम सिंह मैनाली, कार्यकारी निर्देशक प्रमोद केसी लगायत रहेका थिए ।

‘परिबर्तनका लागि जेनिथ’ भन्ने मूल नाराका साथ कलिला मस्तिष्कहरूमा सकरात्मक विकास गराइ उनीहरूको व्याक्तित्व विकास र आत्मविस्वास अभिवृद्धि गरी मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी व्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ ईन्टरटेनमेन्टका सिइओ बिक्रम सिंह मैनालीले बताए ।

 

Published : Sunday, 2019 April 7, 6:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया