राप्ती गाउँपालिकामा महिलालाई स्वरोजगारको तालिम

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्वरोजगार कार्यक्रमअन्तर्गत सिलाई कटाई तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सिपको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर २ को आयोजनामा शुरू गरिएको दुई महिने कटाई सिलाई तालिमको बिहीबार उदघाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले गाउँपालिका नागरिकलाई स्वरोजगार बनाउने दायित्व आफूहरूको रहेको बताए ।

उनले सिप दिलाउन लागेकाले सिपमुलक तालिमको सदुपयोग गर्नु प्रशिक्षार्थीहरूको पनि दायित्व भएको बतँए ।

‘सिपमुलक तालिम आयोजना गर्दा धेरै रकम खर्च हुन्छ । धेरैलाई एकै पटक तालिम दिन सकिदैन’, अधयक्ष सुवेदीले भने, ‘धेरै नागरिकको गुनासो समेत आउने हुँदा तालिममा छनौट परेकाहरूले सही सदुपयोग गर्न र सबै नागरिकले शिक्षा प्राप्त गर्दै अरुलाई पनि सहयोग गर्नुपर्छ ।’

वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले तालिममा सहभागी महिलाहरूलाई सिलाइ कटाइले सहयोग मिल्ने बताइन् । महिलाको जीवन सुधारमा यो तालिमले सहयोग गर्ने उनको भनाइ थियो ।

तालिममा वडा नम्बर २ का अति विपन्न दलित, जनजाति, तथा अन्य जातजातिका महिलाहरू सहभागी छन् ।

कार्यक्रममा वडा सदस्य बसन्त नेपाली, लालबहादुर चौधरी, फुर्सी नेपाली, वडा सचिव सीता भण्डारीले तालिमको सफलताको शुभकामना दिएका थिए ।

Published : Thursday, 2019 April 4, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया