अष्ट्रेलियाबाट ‘मेगा रेमिट’मा पैसा पठाउन सकिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ ।

अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकमै खाता भएका ग्राहकहरूका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरूको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीलाई निकै सहजता मिल्नुका साथै कानूनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।

मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका बिभिन्न देशहरूमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको छ ।

Published : Monday, 2019 April 1, 6:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया