सुन तस्कर चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले सुन सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चैत १७ गते सवा चार बजे चाईना स्ट्रङ्गको उडानद्वारा कुनमिङबाट काठमाडौं आएका चाईनिज नागरिकलाई सुनसहित पक्राउ गरेको हो ।

वाङ किजिकङलाई सुन जस्तो देखिने धातुलो लकेट १३९ ग्रामसहित नियन्त्रणमा नियन्त्रणमा लिएको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यसैबीच, एटिएम मेसिन फुटाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले चैत १८ गते बिहान २ बजे काठमाडौं महानगरपालिका ९ लोत्से चोकस्थित ईन्भेष्टमेण्ट बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अबस्थामा बानेश्वर बस्ने उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरूङलाई पक्राउ गरेको हो ।

Published : Monday, 2019 April 1, 5:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया