गुप्तचरका इनिस्पेक्टरविरुद्ध मुद्धा दायर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा कार्यरत एक इनिस्पेक्टर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनको नक्कली शैक्षिक प्रमाणपत्र रहेको आयोगले जनाएको छ । उनले बिहार बोर्डबाट आइ पढेको भनेर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

आयोगमा उनीविरुद्ध उजुरी परेकोमा छाननि गर्दा उनको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालले बताए ।

Published : Saturday, 2019 March 30, 10:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया