गायक रमेशकुमारले ल्याए ‘नम्बरी चप्पलमा’

काठमाडौं । गायक रमेशकुमार श्रेष्ठले ‘नम्बरी चप्पल’ बोलको आधुनिक गीत रिलिज भएको छ ।

गायक श्रेष्ठले ओएसआर युट्युब च्यानलबाट शुक्रबार गीत रिलिज गरेका हुन् ।

गीतको शब्द र संगीत कृष्णकुमार राईले गरेका छन् । ‘नम्बरी चप्पल’को म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । म्युजिक भिडियोका कोरियोग्राफर निश्चल केसी हुन् ।

गीत संगीतमा लामो समयदेखि सक्रिय रहेका निर्देशक तथा मोडल श्रेष्ठले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिँदै आएका छन् ।

उनी भन्छन्, ‘सदाबहार र सुगम संगीतमा मेरो रुचि छ । पछिल्लो समय सबै प्रकारका गीत निर्देशन तथा मोडल गर्दै आएको छु ।’

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र नेपाली ठिटोले अभिनय गरेका छन् ।

Published : Saturday, 2019 March 30, 10:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया