सुनिताको मृत्यु, पत्नी कुटेर हत्या गर्ने यी डाक्टर आइसियुमा मोज गर्दै

काठमाडौं । पर्साको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट उनकी जेठी श्रीमती सुनिता यादवको मृत्यु भएको छ ।

डा.यादवको कुटपिटबाट गम्भीर घाइते सुनिताको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार हुन नसकी त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । सुनिताको उपचारकै क्रममा शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।

सुनिता यादवको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भैइरहेको थियो । चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

चिकित्सकले प्रयास गर्दा गर्दै सुनिता यादवको मृत्यु भएको छ । सुनितालाई ज्यानै जाने गरी कुटपिट गर्ने उनका श्रीमान भने बिरामी भएको नाटक गरेर आइसियुमा बसेका छन् ।

सुनिता यादवका भाई सन्तोष यादवले दिदीले न्याय नपाउँदासम्म शव नउठाउने बताएका छन् । उनले दिदीलाई डा.सचितानन्द यादवले १५ वर्षदेखि नै यातना दिँदै आएको बताएका छन् ।

बाराको परवानीपुर ५ बहुअरी निवासी ४३ वर्षीय सुनिता यादवको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा.सचितानन्द यादवसँग विवाह भएको थियो ।

त्यस बेला २० लाख रुपियाँ दाइजो दिएर दिदी सुनिता यादवको विवाह सम्पन्न भएको सन्तोष यादवले बताएका छन् ।

प्रहरी हिरासतमा रहेका डा.सचितानन्द यदवले श्रीमती घरमा आफैं लडेर घाइते भएको दाबी गर्दै आएका छन् । तर, सुनिता यादवको शरीरमा लागेको चोटपटक र घाउ हेर्दा लडेर भाइते भएको कुनै पनि संकेत नदेखिएको प्रहरी स्रोतले जनाएको छ ।

Published : Friday, 2019 March 29, 10:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया