गायक आचार्यले ल्याए ‘तिमी फेरिदै छौ’

काठमाडौं । गायक गोविन्दमधुर आचार्यले ‘तिमी फेरिदै छौ’ बोलको आधुनिक गीत ल्याएका छन् । आचार्यले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।

गीतको शब्द, संगीत र एरेञ्ज गायक आफैले गरेका हुन् । गीत संगीतमा लामो समयदेखि सक्रिय रहेका गायक आचार्यले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । उनी भन्छन्, ‘सदाबहार र सुगम संगीतमा मेरो रुचि छ । पछिल्लो समय सबै प्रकारका गीत गाउँदै आएको छु ।’

‘तिमी फेरिदै छौ’को म्युजिक भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

दीपक गिरीले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् ।

जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा ओबी र किरणले अभिनय गरेका छन् ।

Published : Friday, 2019 March 29, 3:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया