दाङमा अञ्जानमै जलाए दाईले बहिनी

घोराही । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाको बगाहसोतीमा आगलागीमा परेर घाइते भएकी एक महिनाकी बालिकाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिकाको वडा नं. १ बगाहसोती बस्ने हिमाल राना मागरकी एक महिनाकी छोरी संगीता रानाको उपचारका क्रममा आइतबार साँझ सात बजे मृत्यु भएको हो ।

जलेर घाइते संगीतालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । उनको सोही अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

हिमाल राना मगरका छोरा करीव ३ वर्षीय छोरा अमित रानाले सलाई कोरी खेल्ने क्रममा आफ्नै बहिनी (१ महिना ) की संगीता राना सुतिरहेको अवस्थामा कपडामा आगो सल्किदा आगोले जलेर गम्भीर घाइते भएकी थिइन् ।

उपचारको लागि बुटवल लगेकोमा संगीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

घरमा अन्य क्षति केही नभएको मृतक बच्चाको शव बुटवलस्थित अस्पतालमा रहेको छ ।

Published : Monday, 2019 March 25, 8:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया