नेपाली युवकसँग बलिउडकी चर्चित नायिकाले बिहे गर्दै

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरले नेपाली युवक रोहन श्रेष्ठसँग गर्ने भएकी छिन् । श्रद्धा र रोहनबीच लामो समयदेखि प्रेमसम्बन्ध रहेको छ ।

बलिउड अभिनेता शक्ति कपूरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेकी छिन् । श्रद्धाले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव परिवारबाट पाएकी छिन् ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । दुबैले एकअर्कालाई लामो समयदेखि साथी थिए ।

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् ।

फोटोग्राफीमा रुचि राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भएका छन् ।

रोहनको जन्म भारतको मुम्बईमा भएको थियो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भएका छन् ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोशूट गरिसकेका छन् ।

उनले बलिउडका शीर्ष कलाकारको फोटोशूट पनि गरिसकेका छन् ।

केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेका थिए ।

बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरेका छन् । एजेन्सी

Published : Saturday, 2019 March 23, 6:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया