अलिना तुलाधरले मिसेस् वर्ल्डमा भाग लिने

काठमाडौं । युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वर्ल्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।

‘मिसेस् टप अफ द वर्ल्ड २०१९’का लागि आधिकारिक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा.लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वर्ल्ड नेपाल २०१९’को क्राउन पहि¥याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

व्यक्तिको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार गर्ने उदेश्य सहित अलिनालाई ‘मिसेस् टप अफ द वर्ल्ड २०१९’मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

उद्देश्य पूर्तिका लागि ‘मिसेस् टप अफ द वर्ल्ड’ एउटा बलियो माध्यम भएको उनले खुलाए ।

ग्रीन आर्टस् मिडिया प्रा.लि.की अनिला श्रेष्ठको व्यवस्थापनमा एलिनालाई प्रतियोगिताको लागि छानिएको हो ।

२९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एलिना कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धित बिभिन्न प्रशिक्षण सहित सहभागिता जनाउने छिन् ।

Published : Friday, 2019 March 22, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया