फिल्म निर्देशकले जन्मदिनमा गरे बिरामीलाई सहयोग

काठमाडौं । फिल्म निर्देशक एवम् युवा व्यवसायी एल.एन. गौतमले आफ्नो जन्मदिनका अवसरमा स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा उपचार गराइरहेका बिरामीहरूलाई सहयोग गरेका छन् ।

भक्तपुरको साँगामा रहेको स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रमा उपचार गराइरहेका करीव ७५ जना बिरामीलाई गौतमले कपडासहितका सहयोग प्रदान गरेका हुन् ।

‘जन्मदिनका अवसरमा फजुल खर्च कटाएर स्पाइनल इञ्जुरीका बिरामीलाई दिएको हुँ । धेरै ठूलो सहयोग छैन’, उनले भने, ‘६–७ वर्षदेखि मैले आफ्नो जन्मदिनका अवसरमा अनाथालय, वृद्धाआश्रम र यस्तै यस्तै संस्थामा पुगेर मनाउने गरेको छु ।’

नेपाली फिल्महरू बनाइसकेकाको गौतमले अर्को नयाँ फिल्म बनाउने तयारीमा छन् । नयाँ फिल्मलाई निर्देशन पनि गौतमले गर्ने सोँच बनाएका छन् ।

यसैबीच, गौतमले सामाजिक संस्था खोल्ने योजना बनाएका छन् । सोही संस्थाबाट असाहय र अनाथहरूको सहयोग गर्ने उनले बताए ।

Published : Friday, 2019 March 22, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया