देहव्यापार र सेक्सबारे कुरा गर्ने नेपाली मोडल पक्राउ

काठमाडौं । युट्युबसहितका सामाजिक संजालमा अमर्यादित अश्लील तथा उत्तेजित अन्तर्वार्ता संचालन गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अश्लील अन्तर्वार्ता दिने मोडल परी तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

अश्लील सामाग्रीहरू युटुब च्यानलमार्फत ‘मस्ती टक टाईम’बाट प्रसारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित अन्तर्वार्ता दिएको अभियोगमा उनीहरूलाई पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अश्लील र उत्तेजित कार्यक्रम सञ्चालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्‍यााएको भनि आम जनसमुदायबाट गुनासो आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई साईबर क्राईम अपराधमा अनुसन्धान भैरहेको विज्ञप्तिमा उल्लेख छ ।

मोडल परी तामाङले अन्तर्वार्तामा यौन व्यवसाय गर्ने गरेको तथा त्यसवापत पैसा लिने गरेको बताएकी छिन् । त्यति मात्रै होइन परी तामाङले यौनसम्बन्ध राख्दाका अति नै आपत्तिजनक कुराहरू पनि अन्तर्वार्ताका क्रममा भनेकी छिन् ।

उनको यो कार्यको सामाजिक सञ्जालमा विरोध पनि भैरहेको थियो ।

Published : Wednesday, 2019 March 20, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया