पूर्वीचितवनमा गाँजा, जुवाडे र तस्करीको काठ बरामद

भरतपुर । ईलाका प्रहरी कार्यालय टाँडी चितवनले आफ्नो क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन विभिन्न समूहबाट हुने गलत धन्दाहरूलाई कस्दै लगेको छ ।

केही दिन अगाडि एक लाख लिटरभन्दा धेरै घरेलु मदिरा बरामद गरी नष्ट गरेको टाँडी प्रहरीले टोले गुण्डा, तस्कर र जुवा तास खेलाउने गिरोहलाई निशानामा राखेको छ ।

यसैबीच, प्रहरीले शनिबार रत्ननगर नगरपालिका–१२ जयमंगलामा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

उनीहरूको साथबाट प्रहरीले एक लाख एक हजार ८ सय २५ रुपियाँ र तासको गड्डीहरू नियन्त्रणमा लिएको छ ।

टाँडी प्रहरीले शनिबार नै राप्ती नगरपालिका–१२ हङपुङबाट एक क्विन्टल ५ किलो अवैध लागूऔषध गाँजा पनि बरामद गरेको छ ।

आइतबार कालिका नगरपालिका वडा नम्बर–८ जुटपानीबाट ना ६ त १६५८ नम्बरको ट्याक्टरमा लोड गरिएको १ सय १० पिस सिसौको अवैध चिरान काठ बरामद गरेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी ज्ञवालीले जानकारी दिएका छन् ।

काठ बरामद भएको ट्याक्टर र ट्याक्टर चालक झगलाल प्रजालार्ई प्रहरीले नियन्त्रणमा लएर थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाएको छ ।

Published : Monday, 2019 March 18, 2:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया