भागिरथ–विष्णुको ‘जाउँला बरिलै’ले प्रेमीहरूको मन बिझायो (गीत)

काठमाडौं । युवा गायक भागिरथ चलाउने र गायिका विष्णु माझीको स्वरमा ‘जाउँला बरिलै’ बोलको मर्मस्पर्षी गीत रिलिज भएको छ । गायक चलाउने र सन्तोष विसीको पहलमा गीत रेकर्ड गरिएको हो ।

गायक चलाउनेका अनुसार गीतलाई शनिबार साँझ ‘मौलिक नेपाली’ यूट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतमा सानो र ठूलो जातको युवा युवतीको प्रेम कथालाई गीतमा ढालिएको छ ।

यो गीतको लय र शब्द कसरी जुर्‍यो भनेर सोधिएको जिज्ञासामा गायक चलाउनेले भने, ‘काम गर्दै जाँदा धुन मिठो बन्यो । साथीहरूसँग सल्लाह गरेँ । गीत रेकर्ड गरायौँ । गीत राम्रो बनेको छ भनेर प्रतिक्रिया आएको छ ।’

गीतमा सानो जातको केटा र उपल्लो जातकी केटीबीचको मायाप्रेमलाई राख्नुको कारण के हो ? भनेर सोधिएको जिज्ञासामा गायक चलाउनेले भने, ‘त्यस्तो केही पनि होइन । कसैको जीवनसँग मेल खायो भने संयोग मात्रै हो । गीतको शब्द लेख्ने साथीहरूले गीत लेख्नुभयो । मैले त्यसको लय र संगीत भरे गीत राम्रो बनेको मात्रै हो ।’

उनले यो व्यथा र कथा अहिले पनि गाउँका युवा र युवतीमा कायम रहेको समेत उल्लेख गरे । भन्छन्, ‘गीतमा भएको कथा र शब्दहरू अहिले पनि गाउँघरतिर देख्न र सुन्न पाइन्छ ।’

गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।

म्युजिक भिडियोमा राखिएको कथाको परिकल्पना पनि गायक चलाउनेले गरेका हुन् । म्युजिक भिडियोको कथा र गीतका शब्दमा तल्लो जातको युवकले माथिल्लो जातको व्यक्तिलाई रगत दिएको चल्ने तर मायाप्रेम किन नचल्ने भनेर प्रश्न उठाइएको छ ।

गीतमा शब्द सन्तोष विसी र भीम लामाले लेखेका छन् । विसी र लामाले लेखेका गीतका शब्दहरू दमदार छन् । गीतको लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् । गायक चलाउनेले यो गीतबाट प्रशंसा पाएका छन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् । मिक्सि खड्ग बाजुरालीले गरेका हुन् ।

करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोका परिकल्पना गायक भगिरथ चलाउनेले गरेका हुन् । भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ ।

म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

Published : Saturday, 2019 March 9, 10:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया