दाङमा भारतीय चोर रंगेहात पक्राउ

काठमाडौं । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एकजना फरार भएका छन् ।

तुलसीपुर उमहानगरपालिका वडा नं. ९ बेलुवामा रहेको जनक शाहीको घरमा दुई जना भारतीय नागरिकहरूले चोरी गरेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार अपरान्ह साढे एक बजे घरमा कोही नभएको मौका छोपी मूलढोका तथा कोठाहरूको ढोकामा रहेको ताल्चा फोडेर भित्र प्रवेश गरी रहेको अवस्थामा स्थानीय मानिसहरूले देखेका थिए ।

स्थानीयहरूले चोर–चोर भनि कराएपछि भरबाट २ जना भागेका थिए । उनीहरूलाई स्थानीय र प्रहरीको टोलीले तत्काल पक्राउ गरेको थियो ।

चोरीमा भारत बिहार, जिल्ला मोतीहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं. ७ बस्ने २६ वर्षीय किस्मत महतो, स्लामापुर छोट्का छप्कौया बड्का मस्जिद नजिक बस्ने ३० वर्षीय शेख साहजत रहेका छन् ।

प्रहरीले किस्तम महतोलाई घटनास्थलभन्दा करीव ७०० मिटर टाढा पश्चिम बाटोबाट पक्राउ गरेको छ ।

उनले दाहिने हातमा बोकेको हरियो रंगको प्लाष्टिकको झोलामा खानतलासी गर्दा झोलाभित्र नगद रु ६८ हजार ६ सय ३० रुपियाँ, सुनका गहना, पोते नभएको छड्के तिलहरी थान १, कालो पोते भएको इण्डियन मंगलसुत्र थान १, भाँचिएको बाला ३ पिस (१ थान), कानमा लगाउने झालर २ थान (१ जोडी), रातो नोक भएको औँठी थान १, छापे औँठी थान १ फेला परेको छ ।

फरार रहेका शेख साहजतको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2019 March 8, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया