निर्मला हत्याकाण्ड प्रकरणमा पूर्वडिएसपीसहितका प्रहरी पक्राउ

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या भएको काण्डमा तत्कालीन नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठ्ठीसहित जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार र हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरूलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्ली विष्ट चाहिँ पक्राउ परेका छैनन् ।

०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।

यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाएको छ ।

सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

Published : Thursday, 2019 March 7, 2:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया