योङ माइन्स् इन्टरटेनमेन्ट अवार्ड हुने

काठमाडौंं । दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने भएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्रालि आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ ।

आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन फाराम खुल्ला भएको जानकारी गराएको हो ।

अवार्डका लागि कुनै शुल्क तिरेर फारम भर्नु नपर्ने मात्र माइन्डस् इन्टरटेनमेन्टल कम्पनीको जिमेल [email protected] आफ्नो श्रृजना र श्रष्टाको नाम वा भिडियो भए युट्युब लिङ्क चैत मसान्तभित्र पठाउनु पर्ने प्रावधान आयोजकले राखेको छ । मेल पठाउदा आफूले प्रस्तिस्पर्ध गर्न चाँहेको बिधाहरू पनि उल्लेख गर्नु पर्नेछ ।

प्रोत्सान र जुरी अवार्डसहित कुल ४५ बिधामा बितरण गरिने अवार्डमा २०७५ वैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतले मात्र सहभागिता जनाउन सक्नेछन् ।

बिना फारम र बिना पैसा अवार्डमा सहभागिता हुन सक्ने भएकोले गीत संगीतका श्रृजना र श्रष्टाहरूको भिड लाग्ने आयोजकको अनुमान छ ।

वैशाखको दोस्रोसाता उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा अवार्डको बितरण मिति पनि घोषणा गरिने आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए ।

Published : Tuesday, 2019 March 5, 5:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया