किशोरीहरूसहित दाङकी मैमी लगायत तीन जना पक्राउ

बर्दिया । किशोरीहरूलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा जिल्लाको यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की रहेको बर्दिया प्रहरीले जनाएको छ ।

उनीहरूलाई बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ८ कर्णालीपुलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो ।

Published : Sunday, 2019 March 3, 12:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया