‘लाउरे’ जस्तै र्‍यापर बन्न आए ‘मेरिन’

काठमाडौं । समिर पौडेल ‘मेरिन’ले आफूलाई गीतसंगीतको क्षेत्रमा प्रवेश गराउन सुरुवात गरेका छन् ।

पौडेलले र्‍याप संगीतमा आफूलाई ढाल्न चाहेका हुन् । गीतहरू अलिहेसम्म रेकर्ड नगराएका पौडेलले लेखन विद्यालाई भने निरन्तरता दिएका छन् । भविष्यमा र्‍याप गीत बनाएर चर्चा कमाउने उनको योजना छ ।

पर्वत जिल्लाको फलेवास स्थायी घर भएका पौडेल काठमाडौंमा बसेर अध्ययन गर्दै आएका छन् ।

रेड क्याप, लाउरे दाई जस्ता र्‍यापरका गीतका फ्यान रहेका पौडेलले आफूलाई भविष्यमा उनीहरू जस्तै चर्चित बनाउन चाहन्छन् ।

भरखर १८ वर्षको उमेरका पौडेल गाउँमा स्कुल पढ्दा देखिनै गीत, कविता, गजल लेख्ने गर्थे । अहिले पनि उनी गजल, कविता लेख्न रुचाउँछन् ।

Published : Saturday, 2019 March 2, 11:39 am

2 प्रतिकृया प्राप्त “‘लाउरे’ जस्तै र्‍यापर बन्न आए ‘मेरिन’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया