‘टोले गुण्डा’हरूद्वारा दाङमा ट्याक्सी समितिका कर्मचारीमाथि खुकुरी प्रहार

काठमाडौं । दाङको तुलसीपुरमा टोले गुण्डा असिमसिंह राठोरको समूहले ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि सांघातिक आक्रमण गरेको छ ।

तलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ट्याक्सीपार्कमा हमाललाई शुक्रबार अपरान्ह ३ बजे मास्क लगाएर आएका राठोरसहितका ३–४ जनाको समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । खुकुरी प्रहार के कारणले भएको थियो खुल्न नसकेको डिएसपी घर्तीले बताए । घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।

हमाललाई खुकुरी प्रहार गरेको सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल प्रस्थान गरेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले खुकुरी प्रहार गर्ने राठोरलाई पक्राउ गरिएको जानकारी दिए । खुकुरी प्रहार गर्ने अन्य केही युवाहरू फरार रहेको र खोजतलास भैरहेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका ५ ट्याक्सीपार्कस्थित रक्षाचौर बस्ने २७ वर्षीय हमाललाई तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु बस्ने २१ वर्षीय राठोरसहितका ३–४ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमाललाई उपचारको लागि नेपालगंज पठाइएको छ । हतियार प्रहार गरी फरार रहेका राठोरलाई भाग्दै गरेको अबस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवाको जंगलबाट नियन्त्रणमा लिइएको डिएसपी शाहीले जानकारी दिए ।

Published : Friday, 2019 March 1, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया