आफै जलेकी गायिका धनाले दिइन् स्वर
काठमाडौं । छाउपडीमा आगो लागेर जलेकी धना परियार र तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदोहोरी गीत ‘बधाइ’ सार्वजनिक भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रालिकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा गीत बजारमा ल्याएकी हुन् ।
समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषि खड्काले संगीत भरेका छन् ।
म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।
गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् ।
देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत