आफै जलेकी गायिका धनाले दिइन् स्वर

काठमाडौं । छाउपडीमा आगो लागेर जलेकी धना परियार र तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदोहोरी गीत ‘बधाइ’ सार्वजनिक भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रालिकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा गीत बजारमा ल्याएकी हुन् ।

समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषि खड्काले संगीत भरेका छन् ।

म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।

गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् ।

देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।

Published : Thursday, 2019 February 28, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया