करिना ‘दबंग ३’मा आइटम डान्सर
मुम्बई । बलिउड नायक सलमान खान र नायिका सोनाक्षी सिंहको मुख्य भूमिका रहने चलचित्र ‘दंबग ३’ अहिले चर्चामा छ । छायांकनमा जानु पूर्व नै यस चलचित्रको विभिन्न तरिकाले चर्चा चलिरहेको छ ।
नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले पुनः मिडियामा स्थान पाएको छ । निर्माता अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई अफर गरिएको हो ।
करिनाले यस कुरालाई पक्का भने गरेकी छैनन् । निर्माता खानले छिट्टै नै चलचित्रको औपचारिक निर्माण घोषणा गरिनेछ । ‘दबंग ३’ अप्रिलबाट छायांकनमा जानेछ ।
निर्माता खानले भने, ‘हामीले चलचित्रलाई अप्रिल पहिलो साताबाट छायांकन सुरु गर्नेछौ । यो चलचित्रको छायांकनका लागि मुम्बाईमा सेट तयार गरिसकेका छौँ ।’
चलचित्रलाई प्रभु देवाले निर्देशन गर्ने पक्का भएको छ । अहिले प्रभु देवा वरुण धणन र श्रद्धा कपुरको मुख्य भूमिका रहेको चललचित्र ‘स्ट्रिट डान्सर’मा व्यस्त छन् । चलचित्रको छायांकन सकेर प्रभु मार्चको दोस्रो साताबाट ‘दबंग’ टिमसँग आबद्ध रहनेछन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत