आधुनिक हतियारसहित पक्राउ परे ‘संगीत’

सुनसरी । सुसरी जिल्लामा स्वचालित आधुनिक हतियारसहित देवकुमार लिम्बु ‘संगीत’ पक्राउ परेका छन् ।

लिम्बु धरान उपमहानगरपालिका – ६ पानबारी चोक्टीबाट २ थान स्वचालित आधुनिक हतियारसहित बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोरङ जिल्लाको केराबारी गाउँपालिका – १० बाहुनी बस्ने ४२ वर्षीय लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मोटरसाइकलका चालक लिम्बुसँग प्रहरीले एलएमजी १ नाल, त्यसको बाइपोर्ट १ थान, एलएमजी म्याग्जिन २ थान, एएम १६ – एटु राईफल १ नाल, त्यसको म्याग्जिन १ थान पनि बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको टोलीले विभिन्न नाकाहरूमा चेकप्वाईन्ट खडा गरी चेकजाँच तथा खानतलासी गरेको थियो ।

सोही क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गरेको थियो ।

पिछा गर्दै जाँदा उक्त मोटरसाइकलका चालक लिम्बुलाई मोटरसाइकलमा लुकाई राखेको हतियारसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तलासीको क्रममा मोटरसाइकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा हतियार बरामद भएको थियो ।

Published : Wednesday, 2019 February 27, 8:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया