विवाहित महिलाहरूका लागि सुन्दरी प्रतियोगिता

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन शुरु भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन यही फागुन २५ गते बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले होटलरानी महलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

गत वर्ष ‘मिसेस नेपाल ग्ल्याम २०१८’को उपाधि अलाइजा महर्जनले जितेकी थिइन् । महर्जन नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’मा सहभागी भएकी थिइन् ।

सो प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्युअल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्याएकी थिइन् ।

Published : Wednesday, 2019 February 27, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया