धुन्दुकारी विप्लवका पूर्वअंगरक्षक नख्खु काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले भुजेललाई मंगलबार दिउँसो पक्राउ गरेको हो । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । उनले आफूलाई भ्याली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

घटनामा समूहका २० जनाभन्दा बढी संलग्न भएको सुरक्षा अधिकारीहरूले तथ्य निकालेका छन् । उनीहरुको खोजीलाई व्यापक बनाइएको स्रोतको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि एनसेल प्रा.लि.का दुई जना सुरक्षागार्डलाई पनि पक्राउ गरिएको थियो । यद्यपि, उनीहरुलाई हाल तारेखमा छाडिएको छ ।

Published : Tuesday, 2019 February 26, 11:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया