अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिका । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको छ । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए ।

हतियारधारीभित्र पसेर उनलाई गोली हानेको थियो । बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचारमा उल्लेख छ ।

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरू स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

एलिजावेथ टाउनका बासिन्दाहरू भेला भएर मृतकप्रति श्रद्धाञ्जलि दिएका छन् । सुभाष सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो ।

Published : Sunday, 2019 February 24, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया