काठमाडौंको नम्बर वान क्लवका सञ्चालकहरू पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले क्लब डेजाभुका ठगी अभियोगमा सञ्चालकहरूलाई पक्राउ गरेको छ ।

क्लबका सञ्चालक प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारसहित ३ जना सञ्चालकहरूलाई बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । विश्वराम श्रेष्ठले उनीहरूका विरुद्ध उजुरी हालका थिए ।

प्रहरीले क्लब डेजाभुका सञ्चालकरूलाई चेक बाउन्स र ठगीको अभियोगमा उजुरी परेपछि पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा छन् । अमेरिकन डिजे मार्सिमेलोलाई ल्याउने भनेर क्लब डेजाभुका सञ्चालकहरूले हज्जारौँ सर्वसाधारणको पैसा पनि ठगी गरेका छन् ।

महानगरीय अपराध महाशाखा टेकुले प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारलाई जबरजस्ती असुली, काठमाडौंमा गुण्डागर्दीको अभियोगमा मोष्ट वान्टेड सूचीमा राखेको छ ।

Published : Friday, 2019 February 22, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया