‘मिस नेपाल पिस’को आवेदन खुला

काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस’को सातौं संस्करण शुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइँ भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन् ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी छ ।

प्रतियोगिताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ । सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन् ।

यो सिजनमा सहभागी प्रतियोगिलाई बिभिन्न ग्रुपमा बिभाजन गरेर बेष्ट क्यान्सर सम्बन्धी अभियान समेत चलाउने आयोजकले जनाएको छ ।

प्रारम्भीक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृत्ती जित्न सक्नेछन् ।

Published : Wednesday, 2019 February 20, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया