राप्ती लिकर्षको नयाँ कार्यसमितिलाई बुढाथोकीले दिए जिम्मेवारी

घोराही । राप्ती अञ्चल लिकर्ष एसोसियसनका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

घोराहीमा सोमबार आयोजित विशेष कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचि अध्यक्ष जगतप्रसाद आचार्यलाई निर्वाचन समितिका संयोजक यादव शाहले शपथ ग्रहण गराएका छन् । अन्य पदाधिकारीहरूलाई नवनिर्वाचित अध्यक्ष आचार्यले शपथ ग्रहण गराएका हुन् ।

एसोसियसनका निवर्तमान अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा राज्यले मदिरा व्यवसायीहरूलाई उपेक्षा गरेको गुनासो गरेका थिए । उनीहरूले राज्यले अवैध मदिरा नियन्त्रण गर्नुपर्ने माग गरे ।

निवर्तमान अध्यक्ष बुढाथोकीले नयाँ कार्यसमितिलाई बधाइ दिँदै आगामी दिनमा एसोसिएसनका सदस्यहरूको हकहितमा ध्यान दिनुपर्ने बताए ।

एसोसियसनका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक यादव शाह, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की लगायतले नयाँ कार्यसमितिलाई बधाइ दिए ।

राप्ती अंचल लिकर्स एशोसियशनको छैठौ अधिबेशनबाट अध्यक्षमा आचार्य चयन भएका थिए । बरिष्ठ उपाध्यक्ष जनककुमार बुढाथोकी, उपाध्यक्ष केशब घिमिरे र तेजप्रासाद पौडेल, महासचिब बामदेव अधिकारी, कोषाध्यक्ष हिमाल न्यौपने, सचिब लोकेन्द्र खड़का, सदस्यमा राबिन बस्नेत, राधेश केसी, बिष्णु राजभण्डारी लगायतको चयन भएका छन ।

Published : Monday, 2019 February 18, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया