रोल्पाका दुई महिला चरेशसहित रुपैडिहामा पक्राउ

नेपालगञ्ज । रोल्पा जिल्ला घर भएका दुई महिला लागुऔषध चरेशसहित भारतको रुपैडिहामा पक्राउ परेका छन् ।

भारतीय प्रहरीले मायादेवी र शिरकुमारीलाई रुपैडिहा बसपार्कबाट पक्राउ गरेको हो । उनीहरू हिमाञ्चल प्रदेशको कुल्लुमनाली जान हिँडेको भारतीय प्रहरीले जनाएको छ ।

छ किलो चार सय ग्राम चरेशसहित रुपैडिहा प्रवेश गरेका उनीहरूलाई गोप्य सूचनाका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नेपालगञ्जको जमुनाहा नाका र रुपैडिहाको मुख्य चेकिङस्थल उनीहरूले पार गरिसकेका थिए ।

अटोरिक्सामा नाका पार गरेका उनीहरूले खुट्टानिर डेकभित्र चरेश राखेका थिए । कपडा राखेको झोला साथमा थियो ।

रुपैडिहाको मुख्य चेकिङस्थल कटेर बसपार्कमा पुग्ने बेलामा महिलाहरू अति नै उत्साहित हुँदै अनौठो कुरा गरेपछि रिक्सावालाले नै प्रहरीकहाँ आएर शंकास्पद गतिविधिका थिए ।

महिलाहरुले रोल्पाबाट चरेश दुई लाखमा किनेर ल्याएको बताएका छन् । कुल्लुमनाली पु¥याउँदा धेरै कमाई हुने महिलाहरूको आश थियो ।

दुईमध्ये एक महिलाको तीन वर्षअघि डेढ किलो चरेशसहित पक्राउ परेर तीन वर्ष सजाय काटेर छुटेकी थिइन् ।

एसएसबीले दुवै महिलालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चलान गरिसकेको छ । भारतीय प्रहरीले लागुऔषधमा सिधै जेल पठाउने गर्छ ।

लागुऔषध चरेशसहित पक्राउ पर्ने नेपालीको महिलाको संख्या बहराइच जेलमा बढ्दै गएको छ ।

Published : Monday, 2019 February 18, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया