‘लुट्न सके लुट् कान्छा’ जस्ताको त्यस्तै युट्युबमा राख्न प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई पुनः युट्युबमा राख्न आग्रह गरेको छ ।

प्रतिष्ठानको आइतबार काठमाडौंमा बसेको आकस्मिक बैठकले गायक शर्मालाई गीत युट्युबमा राख्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

तर, प्रतिष्ठानले गायक शर्माले गीतमा प्रयोग भएका शब्द निकाल्न चाहेमा निकाल्न सक्ने भन्दै दोहोरो चरित्र देखाएको छ ।

विज्ञप्तिअनुसार ‘लुट्न सके लुट् कान्छा’ बोलको यो गीत युट्युबमा राखेर विवाद भए वा कुनै निकायबाट हस्तक्षेप भएमा प्रष्ठिानले वार्ता र सम्वाद तथा आवश्यक पहलहरू गर्ने उल्लेख छ ।

प्रतिष्ठानले गीतमा प्रयोग भएका शब्दहरू सञ्चारमाध्यम तथा पत्रपत्रिकामा आएका भएको भन्दै गीतमा ती शब्दा राख्दा आपत्ति जनाइएकोमा विरोध गरेको छ ।

Published : Sunday, 2019 February 17, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया