रीमा म्युजिक भिडियोमा फिर्ता

काठमाडौं । ‘नेपाल आइडल’ होस्ट रीमा बिश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् ।

रीमालाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । रीमाको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् ।

योगेन्द्र यस गीतका गायक पनि हुन् । गीतमा आँशुपूर्ण खलिङ राईका शब्द तथा निश्चल राईको संगीत छ । भिडियोमा माधव बेलबासको सम्पादन, अमृत सुनुवारको छायाँकन छ ।

संचारकर्मीका रुपमा समेत चिनिएका निर्देशक ढुंगेल बिगत ६ बर्षदेखी म्युजिक भिडियो, एबं बिज्ञापन निर्माणमा सकृय छन् । उनले हालसम्म २०० जति भिडियो र थुप्रै बिज्ञापन निर्माण गरेका छन् । ढुंगेल आर्टिस्ट नेपाल नेटवर्कका सस्थापक अध्यक्ष पनि हुन् ।

Published : Friday, 2019 February 15, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया