‘सालको पात’लाई उछिन्न आयो ‘लालुमै’ (भिडियो)

काठमाडौं । गायक एवम् संगीकार शिव हमालले ‘लालुमै…’ बोलको नयाँ लोक तथा दोहोरी गीत ल्याएका छन् । हमालले आफ्नै युट्युब च्यानलबाट ‘लालुमै…’लाई रिलिज गरेका हुन् ।

गीतमा हमालका आफ्नै शब्द छन् । गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप न्याैपानेले दिएका छन् ।

गीतमा ‘पिरती’ ‘सताएर’ ‘रुमकी’ ‘हाँसुम’ ‘भैछ’ ‘जुरेली’ ‘मोया’ ‘लालुमै’ ‘हिँत्ति’ ‘मरिजाउँ’ ‘ढाँटे’ ‘दोबाटो’ जस्ता गाउँमा बोलिने ठेट नेपाली भाषाका शब्द प्रयोग गरेका छन् ।

हुन त यसअघि पनि हमालले थुप्रै राम्रा गीतको शब्द र लय बनाएका छन् । ‘लालुमै…’ फरक र भिन्दै गीत बनेको छ ।

‘पछेउरी लेउ बैना’, ‘कसलाई सोध्ने होला’, ‘हाँस्न सिकायौ’ जस्ता गीतहरू हमालले बनाएका हुन् । ती गीतहरू हमालका अत्याधिक मन पराइएका गीतमा पर्छन् ।

‘लालुमै…’ शब्द संगीतकार हमालकै हुन् । गीतलाई एरेञ्ज आशिष अविरलले गरेका छन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् । गीतलाई गायक न्यौपानेले ल्याएका हुन् ।

‘लालुमै…’ले पछिल्लो समय अत्याधिक रुचाइएको ‘सालको पात…’लाई समेत उछिन्ने टिप्पणी हुन थालेको छ ।

‘लालुमै…’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखिएका छन् ।

 

 

Published : Friday, 2019 February 15, 11:22 am

1 प्रतिकृया प्राप्त “‘सालको पात’लाई उछिन्न आयो ‘लालुमै’ (भिडियो)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया