७० वर्ष पुग्नै लाग्दा रिचर्ड गेरे बने बुबा

लसएञ्जलस । हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नु सात महिनाअघि दोस्रो पटक बुवा बनेका छन् । स्प्यानिश म्यागजिन होलाका अनुसार प्रिटी वुमन स्टार एवं गेरेकी श्रीमती एलिजान्ड्रा, ३६, ले केही दिन अघि छोरालाई जन्म दिएकी छिन् ।

गेरे र उनकी पूर्व श्रीमती क्यारे लोवेलको होमर जेम्स जिग्मे नामका १८ वर्षे छोरा छन् । एलेजान्द्राको पनि पूर्व श्रीमान गोबिन्द फ्रिडल्याण्डबाट ६ वर्षका छोरा छन् ।

एलेजेन्द्राले गत सेप्टेम्बरमा आफू गर्भवती भएको पुष्टि गरेकी थिइन् । दलाई लामाले आशीर्वाद दिन उनको पेट छोइरहेको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

गेरेसँग विवाह भएको ६ महिनापछि उनी गर्भवती भएको खबर सार्वजनिक भएको थियो ।

Published : Thursday, 2019 February 14, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया