प्रेस युनियन निकट पत्रकारलाई दुईजना धुन्दुकारीद्वारा कुटपिट

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियन सर्लाहीका प्रदेश प्रतिनिधि तथा सामुदायिक रेडियो सर्लाही प्रबन्धक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ ।

मंगलबार बिहान अपरिचित दुई युवकले दियालीलाई सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाल प्रेस युनियनले जनाएको छ । प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सर्लाहीको हरिवनस्थित सुखेपोखरी मन्दिर नजिक रहेको चिया पसलमा मुखमा मांक्स लगाएर आएका दुई युवकले पत्रकार दियालीमाथि निर्मम ढंगले आक्रमण गरी ओठ र आँखाको डिललगायत अनुहारका विभिन्न ठाउँमामा गहिरो चोट लागेको छ ।

उनलाई स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

अनुसन्धानबाट प्राप्त पछिल्लो जानकारी अनुसार पत्रकार दियालीले समाचार प्रकाशन र प्रचारण गरेकै आधारमा आक्रमण भएको प्रेस युनियनले जनाएको छ ।

प्रेस युनियनले घटना नियोजित रहेको र यस घट्ना प्रेस स्वतन्त्रता र लोकतान्त्रमाथिकै ठाडो आक्रमण भएकोप्रति नेपाल प्रेस युनियन घोर आपत्ति प्रकट गरेको छ ।

‘समाचार प्रकाशन तथा प्रशारण गरेकै आधारमा पत्रकारमाथि आक्रमण अत्यन्तै निन्दनीय र भत्र्सनायोग्य रहेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘घट्नाको निष्पक्ष छानबिन गरी संलग्नहरूलाई कानूनअनुसार कडा कारवाहीको माग गर्दै संचारकर्मीहरुलाई निर्वाध रुपमा काम गर्ने वातावरण सिर्जना गर्न र संचारकर्मीको भौतिक सुरक्षा प्रदान गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

Published : Tuesday, 2019 February 12, 7:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया