नरेश र पूर्णकलाको स्वरमा ‘म त हजुर बागलुङे’

काठमाडौं । संगीतकार एवम् गायक नरेश खाती र गायिका पूर्णकला विसीको स्वरमा ‘म त हजुर बागलुङे…’ बोलको पञ्चेबाजाको लयमा रहेको लोक तथा दोहोरी गीत रिलिज भएको छ ।

पञ्चेबाजाको फ्युजन गरेर संगीतकार खातीले लोक तथा दोहोरी गीत बनाएका छन् । लोक तथा दोहोरी गीतमा राम्रो पकड बनाउँदै आएका संगीतकार खातीले आफूलाई नयाँ प्रयोगमा ढाल्दै आएका हुन् ।

गीतमा पञ्चेबाजाको प्रयोगले उत्कृष्ठ र मिठासपूर्ण मेलोडी बनेको खातीले बताए । ‘मेरा सबै गीतहरू राम्रो लाग्छ’, उनले भने, ‘यो गीतमा अझै मेहनत गरेको छु । गीत राम्रो बनेको छ ।’

खातीका यसअघिका गीतहरू पनि दर्शकले रुचाइदिएका छन् । दर्शकको मायाका खातीले आफ्ना सिर्जनाहरू ल्याउँदै आएका छन् ।

युट्युबमार्फत सोमबार रिलिज गरिएको ‘म त हजुर बागलुङे…’को गीतका संगीतकार स्वयं नरेश खाती नै हुन् । गीतको शब्द दीपक कँडेलले लेखेका छन् ।

करिश्मा ढकाल र नरेश खातीले म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

Published : Tuesday, 2019 February 12, 11:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया