दाङमा बालिका अपहरण गर्ने चौधरी पक्राउ

घोराही । दाङ जिल्लामा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले दाङको साविक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको उद्धार गरेको हो ।

अपहरण भएको दुई घन्टामै उद्धार गरेको दाङ प्रहरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिएका छन् ।

प्रहरीले घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुर चोकबाट बालिकाको उद्धार गरेको जनाएको छ ।

अपहरणमा संलग्न घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरी पक्राउ परेका छन् ।

अपहरण गर्नुको कारण भने नखुलेको प्रहरीले बताएको छ । चौधरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको डिएसपी घर्तीले बताए ।

Published : Monday, 2019 February 11, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया