चितवनमा आफूभन्दा लामो तरबारसहित टोले गुण्डा पक्राउ

भरतपुर । पूर्वी चितनवको रत्ननगर नगरपालिका वडा नं. ९ को मोहना बुद्धचोकमा एकजना युवकलाई तरबर प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ वर्षीय बस्नेतले किरण घिमिरेलाई मोटर साइकलमा आइरहेको बेला माघ १० गते बुद्धचोकमा तरबार प्रहार गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनका प्रमुख दयानिधि ज्ञवालीले जानकरी दिएका छन् ।

‘किरण घिमिरेलाई तरबार प्रहार गरेको अबस्थामा सन्जित बस्नेेतलााई पक्राउ गरेका छौं’, उनले भने, ‘पुरानो झैझगडा र रिसिइबीमा तरबार प्रहार गरेको देखिन्छ । यस विषयमा अनुसन्धान जारी छ । तरबारसहित मान्छे पक्राउ गरिएको छ ।’

मान्छेभन्दा लामो तरबार बोकेर पुगेका बस्नेतले तरबार प्रहार गर्दा आफै हल्लिएका थिए । तैपनि बस्नेतले घिमिरेमाथि तरबर प्रहार गरेको प्रहरीले जनाएको छ । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको थियो । बस्नेतले स्थानीय रुपमा डरधम्की र तर्साउने कार्य गर्दै आएको स्थानीयको भनाइ छ ।

घटनाको सूचना थाहा पाएपछि तत्काल पुगेको प्रहरीले तरबार प्रहार गर्ने बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरेको डिएसपी ज्ञवालीले जानकारी दिएका छन् ।

Published : Friday, 2019 February 8, 5:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया