विवादास्पद क्लव डेजाभूले ठगेको पैसा फिर्ता नगर्ने, प्रहरीलाई दियो चुनौती

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको विवादास्पद क्लव डेजाभूका सञ्चालकहरुले अमेरिकन डिजे मार्समेलोको कार्यक्रमका लागि हजारौँ सर्वसाधारणलाई ठगी गरेर बिक्री गरेको टिकटको पैसा फिर्ता नगर्ने भएको छ ।

क्लव डेजाभूको यो निर्णयले प्रहरी र टिकट किनेका उपभोक्ताहरुलाई ठूलो चुनौती भएको छ । क्लव डेजाभूमा युवाहरु बिग्रिने गरेको भनेर आरोपहरु लागेका बेला प्रहरीलाई नै चुनौती दिने गरेर आएको अभिव्यक्तिले चिन्ता बढाएको छ ।

क्लव डेजाभूका प्रवन्धक कृष्ण श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिकन डिजे मार्समेलोको कार्यक्रमको टिकटको पैसा आफूहरुले ब्यहोर्न नसक्ने बताए । उनले केटिएम लाइभले डिजे मार्समेलोलाई ल्याउने भनेकाले त्यसको जिम्मेवारी आफूहरुको नरहेको दाबी गरे ।

क्लव डेजाभू लाउञ्जमा अमेरिकी डिजे मार्समेलोलाई ल्याउने भनेर लाखौँ रुपियाँको टिकट बिक्री गरिएको थियो । कार्यक्रममा डिजे मार्समेलो त अएनन् तर, क्लव डेजाभूमा हुलदंगा हुँदा केही घाइते भएका थिए ।

क्लव डेजाभूका सञ्चालकहरुले मार्समेलोको नाममा उपभोक्ता ठगी गरेको भन्दै मुद्धा समेत चलेको छ । पैसा तिर्ने बेला क्लव डेजाभूका प्रबन्धक श्रेष्ठले पत्रकार सम्मेलन गरेर ठगी गरेको पैसा हड्प्ने कुरा सुनाएपछि प्रहरी प्रशासनलाई चुनौती थपिएको छ ।

सन् २०१७ डिसेम्बर १३ का दिन डेजाभू लाउञ्जमा प्रस्तुति दिने भन्दै लाखौँ रुपियाँको टिकट बिक्री गरेर ठगी गरेको प्रहरीको भनाइ छ ।

अहिले आएर प्रबन्धक श्रेष्ठले अमेरिकी डिजे मार्समेलोको कार्यक्रमका लागि डेजाभू लाउञ्ज प्रालिले स्थान (भेन्यू) मात्र उपलब्ध गराएको जनाएका छन् ।

‘त्यसको सम्पूर्ण कानूनी जिम्मेवारी केटिएम लाइभका सञ्चालक रितेश मारवाडीले लिनुपर्छ’, प्रवक्ता राजेश श्रेष्ठले भनेका छन् ।

मार्समेलोको कार्यक्रम उपर परेको ठगी मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

क्लव डेजाभूभित्र विवाद रहेको पनि पत्रकार सम्मेलनमा घुमाउरो भाषामा जानकारी दिइएको छ ।

‘मनोज श्रेष्ठ र विश्वराम श्रेष्ठले गलत नियतले यस कम्पनीलाई अफ्ठ्यारो पार्ने नियतले गरेको काम कारवाहीका विरुद्ध कम्पनी स्वयंले विश्वरामविरुद्ध ठगी, अपराधिक तथा विश्वासघात कारोबार गरेकाले थुनेर कारवाही गरी पाउँ भनी यसअघि नै जोहेरी दर्ता गरिसकिएको छ’, प्रवक्ता मल्लले भनेका छन् ।

मल्लका अनुसार स्वयं विश्वराम श्रेष्ठले आफूले गरेको कारोबार गलत भएकाले आफैंले हालेको मुद्दा आफैंले प्रमाणित गर्न सक्दिन भनि कायलनामा गरी उच्च अदालत, पाटनबाट मुद्दा समेत फिर्ता लिइसकेका छन् ।

Published : Thursday, 2019 February 7, 7:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया