मन्त्रीकी भतिजी आफ्नै घरभित्र मृत भेटिइन्

काठमाडौं । कम्युनिस्ट सरकारका वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै निवासमा मृत भेटिएकी छिन् ।

ललितपुरको बालकुमारीस्थिट वेस्टार अपार्टमेन्टको कोठामा बबिता मृत अवस्थामा भेटिएकी हुन् ।

ललितपुरका प्रहरी प्रमुख रविन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव भेटिएको छ ।

घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको छ ।

बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Sunday, 2019 February 3, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया