‘साङ्लो’मा विराज र निकिताको जोडी

काठमाडौं । एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘साङ्लो’ मा निकिता चाण्डक मुख्य नायिकामा अनुबन्ध भएकी छन् ।

मिस नेपाल २०१७ निकिता चण्डकले अभिनेता विराज भट्टसँग जोडी बाँध्ने भएकी छन् । उनले विराजसँग ‘साङ्लो’ सिनेमामा जोडी बाँध्न लागेकी हुन् ।

‘साङ्लो’बाट विराजले निर्देशनमा डेब्यू गर्दैछन् । यसअघि निकिता ‘रानीमहल’ सिनेमामा अनुबन्धित भएपनि निर्माता बीचमै हराएपछि सिनेमाको छायाँकन रोकिएर अलपत्र परेको थियो । सिनेमाका लागि शुक्रवार निकिता र विराजबीच औपचारिक सम्झौता भएको छ ।

‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने भएको छ । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त रहँदै आएका छन् ।

Published : Thursday, 2019 January 31, 9:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया