ओलीद्वारा निर्देशित ‘आरोप’ शुक्रबार रिलिज

काठमाडौं । निर्देशक अमर ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ माघ ११ गते अर्थात शुक्रबारदेखि देशभरि रिलिज हुँदै छ ।

राजधानीसहित देशभरिका अधिकांश फिल्महरूमा ‘आरोप’ लाग्नेछ । ‘आरोप’बाट दर्शकले भरपुर मनोरञ्जन लिन सक्ने निर्देशक ओलीले बताएका छन् ।

‘आरोपलाई अलिक भिन्दै तरिकाले बनाएका छौँ’, उनले भने, ‘कथावस्तुमा कलाकारलाई केन्द्रित गरिएको छ ।’ निर्देशक ओलीले आफूले यसअघि निर्देशन गरेका फिल्मभन्दा आरोपमा नयाँ शैली प्रयोग गरिएको बताए ।

फिल्मलाई दिनेश पाठक र विजय सापकोटाले निर्माण गरेका हुन् । कथा र लेखन लक्षमण सुवेदीको रहेको छ । फिल्ममा संगीत एसके अधिकारी, गणेश चौधरीको रहेको छ । गीतका एसके अधिकारीको शब्द रहेका छन् ।

फिल्ममा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशील पोखरेल, राजन गहतराज, राजु राउत, उद्धव गिरी, रिचा थापा, रश्मी भट्ट, दीपिका ढकाल, पे्रम खड्का लगायत कलाकारहरूको अभिनय छ ।

सानुकुमार मर्हजनको कोरियोग्राफी, कमल राईको द्वन्द्व, वीरेन्द्र भट्टको छायांकन, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Published : Thursday, 2019 January 24, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया