यी हुन् दाङमा सुनको सिक्री लुट्ने दुईजना चोर

घोराही । दाङ प्रहरीले सुनको सिक्री लुट्ने दुईजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

माघ १ गते घोराही उप–महानगरपालिका वडा नम्बर–१३, बाह्रकुने दहस्थित ५१ वर्षीया पञ्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुट्ने दुईजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने २१ वर्षीय मुकेश यादव र १६ वर्षीय प्रदीप यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिमको बगलीमारी गर्ने कसुरमा आवश्यक कारबाही अगाडि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले बताएका छन् ।

Published : Thursday, 2019 January 17, 7:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया