‘बोल माया…’ की गायिका परियार दुर्घटनामा परिन्

काठमाडौं । कपिलवस्तु जिल्लामा गायिका शान्तिश्री परियार कार दुर्घनामा परेकी छिन् ।

गायिका परियार मंगलबार बिहान करीव साढे १ बजे कार दुर्घटनामा परेकी हुन् । तीब्रगतिमा रहेको कारले नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

गायिका परियार सवार कार सडकबाट नजिक रहेको भित्तामा ठोक्किन पुगेको थियो । चालकलाई निद्रा लागेका कारण कार दुर्घटनामा परेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

नेपालगञ्जको सांस्कृतिक कार्यक्रममा सहभागी भएर लमजुङको कार्यक्रमका लागि जाने क्रममा गायिका परियार दुर्घटनामा परेकी हुन् । गायिका परियारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गायिक प्रकाश शपुतसँग ‘बोल माया…’ गीत गाएपछि चर्चामा आएकी गायिका परियारको माग पछिल्लो समय बढेको थियो ।

विभिन्न जिल्लामा भएका महोत्सवहरूमा गायिका परियारलाई बोलाउने गरिएको छ । गीतहरूमा पनि उनको स्वरका लागि माग बढ्दै गएको छ । विदेशमा पनि गायिका परियारको माग बढ्दो छ ।

थुप्रै लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी परियारले गायन क्षेत्रमा लाग्दा ठूलो संघर्ष गरेकी थिइन् । उनको स्वरलाई दर्शक स्रोताहरूले मन पराइ दिएका छन् ।

Published : Tuesday, 2019 January 15, 10:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया