यी हुन् दाङकी देवकलाको जीवन ध्वस्त बनाउने व्यक्ति

काठमाडौं । जिल्ला दाङ घोराही उपमहानगरपालिका १५ स्थायी घर भएकी देवकला बस्नेतलाई विवाह गर्छु भनेर ठगी गर्ने पाँचथर जिल्ला घर भएका रविनकुमार चिमरियारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा ‘देउराली दोहोरी साँझ’ सञ्चालन गरी बस्दै आएकी देवकलालाई रविनले अष्ट्रेलियाबाट आएको भनेर ढाँटेर बीस लाख रुपियाँ खाइदिएका थिए । पाँचथर जिल्लाको फलैंचा गाउँपालिका ४ घर भएका रविन काठमाडौंको वुढानिलकण्ठ नगरपालिका ५ मा बस्दै आएका छन् ।

‘म तिमीलाई विवाह गर्छु, हामी दुवै जना भएर चितवनमा व्यापार व्यवसाय गरौं’ भनेर रविनले दोहरी साँझा विक्री गर्न लगाई उद्योग दर्ता गर्न भनेर देवकलासँग २० लाख रुपियाँ लगेका थिए ।

रविनले देवकलालाई ६ लाख ३७ हजार ८ सय ३० रुपियाँ फिर्ता गरेका थिए । तर, रविनले १३ लाख ६२ हजार १ सय ७० हजार रकम दिएका छैनन् । पैसा नदिएपछि देवकलाले रविनविरुद्ध प्रहरी अपराध महाशाखा टेकुम उजुरी दिएकी थिइन् ।

पीडित देवकलाको उजुरीपछि प्रहरीको टोलीले ठगीमा संलग्न रहेको अभियोगमा रविनलाई पुस २७ गते बेलुका काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

Published : Monday, 2019 January 14, 12:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया