रुपन्देहीमा तस्करसँग प्रहरीको मुठभेड

बुटवल । रुपन्देही जिल्लामा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

शनिबार राति सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

प्रहरीमाथि गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थापाले बताए । गोली चलाउने व्यक्तिलाई प्रहरीले तस्कर भनेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करको समूहले शनिबार मध्यराति करीव १२ बजे प्रहरीमाथि गोली चलाएको थियो ।

मृतकको परिचय खुलेको छैन । करीव ३५ वर्षीय मृतक भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीको जवाफी कारवाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

तस्करको गोली लागेर एकजना प्रहरी जवान कृष्ण श्रेष्ठ पनि घाइते भएका छन् ।

Published : Sunday, 2019 January 13, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया