सुन तस्करीका नाइके वडाध्यक्ष, रङ्गेहात पक्राउ

सिरहा । सुन तस्करीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । सिरहामा सशस्त्र प्रहरीले अवैध सुनसहित वडाध्यक्षलाई पक्राउ गरेको हो ।

वडाध्यक्षसँगै तीन जना पनि पक्राउ गरिएको छ । सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १९ सोनमती मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिम समेत रहेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष हकिम मुख्य नाइकेको भूमिकामा छन् ।

सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिमसहित सोनमती मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोज समेत पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीनजनाको सूचनाको आधारमा थप तीन जनालाई मिर्चैयाबाट पक्राउ गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताएका छन् ।

पूर्वपश्चिम सडक अन्तर्गत गोलबजार नगरपालिका–९ घुर्मी खोला नजिकबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर ६ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए ।

डिआइजी श्रेष्ठका अनुसार ६ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भएपनि तीन जनासँग मात्र सुन बरामद भएकाले तीन जनालाई सार्वजनिक गरिएको छैन ।

७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित ६ जनालाई पक्राउ गरेको थियो ।

उनीहरू पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीको क्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राईनको साथबाट एउटा बाला पनि बरामद गरेको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएको ६ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट नगद ३४ हजार पाँच सय रुपियाँ र ६ थान मोवाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ ।

Published : Saturday, 2019 January 12, 10:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया