यी हुन् मूर्ति चोर नेकपाका वडाध्यक्ष, प्रहरीद्वारा पक्राउ

डोल्पा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का का वडाध्यक्ष बुद्धको मूर्ति चोरीको अभियोगमा पक्राउ परेका छन् ।

डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

नेकपाका अध्याक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री छन् । दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पावरफुल मानिन्छन् ।

ओली र प्रचण्डले बुद्धको मूर्ति चोरीको अभियोग लागेका वडाध्यक्ष गुरुङलाई बचाउने हुन् कि भनेर डोल्पाका स्थानीय चिन्ता व्यक्त गरेका छन् ।

वडाध्यक्ष गुरुङ र उनको समूहले शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धको मूर्ति चोरी चारेको अभियोग लागेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले वडाध्यक्ष गुरुङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको जनाएको छ । गुरुङ स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ५ मा स्वतन्त्रबाट विजयी भएका थिए । त्यसपछि वडाध्यक्ष गुरुङ नेकपामा प्रवेश गरेका हुन् ।

शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ साल्दाङस्थित राहाप गुम्बाको बौद्धको मूर्ति चोरीको आरोपमै शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा वडा नम्बर ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं बौद्धबाट पक्राउ गरिएको छ ।

डोल्पाका प्रहरी प्रमुख नायब उपरीक्षक अवदेश विष्टले बुद्धको मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङसहितको समूहलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुसन्धान जारी रहेको नायब उपरीक्षक विष्टले बताए ।

प्राचीन बुद्धको मूर्ति चोरीको आरोपमा प्रहरीले यसअघि नै चारजनाको समूहलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका चार जनालाई केही दिन अगाडि डोल्पा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । उनीहरूकै बयानका आधारमा प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

Published : Friday, 2019 January 11, 8:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया