तपस्वी बम्जन बेपत्ता, आश्रमबाट दुईजना पक्राउ

सिन्धुली । युवती बलात्कार र व्यक्ति हत्याको अभियोग लागेका कथित तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुईजनालाई गिरफ्तार गरेको छ ।

प्रहरी आश्रममा प्रवेश गरेका बेला कथित तपस्वी बमजन देखिएनन् । उनी कता थिएन भन्ने कुरा प्रहरीलाई समेत जानकारी दिइएन ।

बम्जनले प्रहरीले व्यक्ति बेपत्ता र बलात्कार गरेको अभियोगका विषयमा सोधपुछका लागि आश्रमबाट नियन्त्रणमा लिएको हो । बम्जनको आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली सिन्धुलीको आश्रममा छापामारेर दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको छ ।

कमलामाई नगरपालिका–८ को पैरेमा करीव ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ । बम्जनको आश्रमको नाममा २४ बिगाहा जग्गाको लालपुर्जामा छ । तर, बाँकी सामुदायिक वनको जग्गा बम्जनले कब्जा गरेर आश्रम बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

कथित तपस्वी बम्जन सिन्धुली आश्रममा नै रहेको र ठूलो क्षेत्र भएको भन्दै कता बस्छन् भनेर आफू जानकारी नहुने बताए ।

Published : Thursday, 2019 January 10, 4:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया